Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

सेवक सरकारको प्रत्याभुती दिलाउन महानगरबासीलाई ३२ वटै वडामा अब हेल्प डेस्क

काठमाडौं । काठमाडौं महानगरबासीलाई सेवक सरकारको प्रत्याभुती दिलाउने उद्धेश्यसहित ३२ वटै वडामा हेल्प डेस्क संचालनमा ल्याइने भएको छ ।

महानगरपालिका र नेपाल ल क्याम्पस बिच काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निशुल्क कानुनी सेवा उपलब्ध गराउन आज समझदारी भएको हो ।

समझदारीपत्र अनुसार सबै महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुने बताइएको छ ।

नेपाल ल क्याम्पसमा अध्ययनरत एल एल एम, एल एल बि तथा बिए एलएलबि तहमा अध्ययनरत बिधार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत रू पन्ध्र हजार मासिक सुबिधा उपलब्ध गराउने पनि भएको हो । तशर्थ यस सेवाबाट महानगरबासीलाई निशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button