मुख्य समाचारसमाचार

आजदेखि काठमाडौँ महानगरपालिकाको नागरिक संहिता तर्जुमा समितिले थाल्यो काम

अभ्यास, सिकाइ र व्यवहारगत पक्ष हेरेर कार्यान्वयन योग्य संहिता बनाउनुपर्नेमा उपप्रमुख डंगोलको जोड

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नागरिक संहिता तर्जुमा समितिले आजदेखि काम थालेको छ । उपप्रमुख सुनिता डंगोलको संयोजकतवमा गठित समितिले पहिलो बैठक राख्दै आजबाट काम थालेको हो । पुस ११ गतेको प्रमुखस्तरीय निर्णयबाट समिति गठन भएको हो ।

समितिको सदस्यमा वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी, वडा ३२ का अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुली र प्रशासन विभागका प्रमुख दिपक अधिकारी हुनुहुन्छ । सदस्य सचिवमा मानव संशाधन विकास महाशाखाका प्रमुख गंगाधर गौत्तम हुनुहुन्छ ।

जनचासोका विषय संवेदनशीलता हुन्छन् । सहरी विकास र व्यवस्थापनमा महानगरसँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै हुन्छ । यस्ता विषय उठान गर्दा वा व्यवहार गर्दा संवेदनशीलता अपनाउनु पर्छ । यही विषयलाई व्यवस्थापन गर्न महानगरले नागरिक संहिता जारी गर्ने प्रक्रियाको थालनी गरेको हो ।

बैठकमा उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, नागरिक संहिता सम्बन्धी विगतका अनुभव, सिकाई र अभ्यासको अध्ययन गरेर कार्यान्वयन योग्य मस्यौदा तयार पारिने बताउनुभयो । नागरिकको संहिताजत्तिकै महत्वपूर्ण संहिता जनप्रतिनिधि र कर्मचारीको पनि हुन्छ । यसलाई पनि जारी गर्नुपर्छ । बैठकमा सुशासन समितिका संयोजक तिवारीको भनाइ थियो ।
सं

हितामा कानुनी कर्तव्य, नैतिक आचरण, शालिन व्यवहार, सहभागिता प्रवर्धन, दोहोरो उत्तरदायित्वलगायत विषय समेट्ने तयारी छ । छलफलका विषयमा स्पष्ट पार्दै सदस्य सचिव गौत्तमले भन्नुभयो, नागरिक अधिकारको कार्यान्वयनका लागि नागरिक वडापत्र राखिने र नागरिकको कानुनी तथा नैतिक कर्तव्य अनुबन्धको संगालो नागरिक संहिता हुने भएकोले यसैअनुरुप मस्यौदा तयार गर्न लागिएको बताउनुभयो ।

नागरिक संहिताका विषयमा विभाग, एकाई तथा आयोजनाहरुबाट सुझाव लिएर मस्यौदा लेखन कार्य थालनी गर्ने योजना छ । पहिलो मस्यौदामाथि वडामार्फत समुदायमा छलफल हुनेछ । समुदायबाट प्राप्त भएको पृष्ठपोषण थपेर अन्तिम मस्यौदा तयार पारिनेछ । यो मस्यौदा प्रमुखलाई बुझाइनेछ । मस्यौदा विधायन समिति, कार्यपालिका हुँदै नगर सभामा पुग्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button