मुख्य समाचारसमाचार

नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौंमा

Gobal IME Bank

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आउनुभएको छ । कार्यभार सम्हाल्नका लागि उहाँ आइतबार काठमाडौं आइपुग्नु भएको हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले अब चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा भूमिका खेल्ने बताउनुभएको थियो ।

चेन नेपालका लागि २२ औं चिनियाँ राजदूतका रुपमा नियुक्त हुनुभएको हो । सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक हुनुहुन्थ्यो । यसअघि होउ यान्छी नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button