शिक्षा स्वास्थसमाचार

खीरका यस्ता छन् फाइदा

Kheer Health Benefits

Gobal IME Bank

काठमाडौँ। नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा किसमिस,काजु र बदाम जस्ता मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा फाइदा गर्ने कारणले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण खानेकुराको रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनेरखीरलाई परिभाषित गरेको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने पोषणविद् बताउछन्। पोषणविद्का अनुसार साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ। दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ।

चामलमा कार्बोहाइड्रेड पाइन्छ भने दूध क्यालसियम र प्रोटिनको राम्रो स्रोत हो। चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरबाट पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं। खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रालाई पूरा गर्छ।

खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल, खनिज जस्ता तत्व पाउन सकिन्छ। खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्। खीर बच्चा, वृद्ध सबैका लाई उत्तम खानेकुरा हो। तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ।

पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button