समाचार

किताब जात्रा २०७९ मा राष्ट्रपति विद्यादेवी भण्डारी – Good News 24

Gobal IME Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को समुदघाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताउनु भयो ।

उहाँले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गर्नुभयो । उहाँले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताउनु भयो । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ । यसकालागि सुपठित हुनु पहिलो शर्त हो ।

अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ । त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन । समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो । सभ्यताको समृद्धि पनि हो । अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन । जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ । ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ ।’

कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गर्नुभएको थियो । त्यसैगरी किताब यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button