मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मंकीपक्सका ७ लक्षण र रोकथामका १० उपायहरु

Gobal IME Bank

एजेन्सी । मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। मंकीपक्सलाई एम पक्स पनि भनिन्छ । मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ। यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।

मंकीपक्स रोग कसरी सर्छ ?

  • संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा,
  • संक्रमित व्यक्तीको थुक, र्‍याल
  • घाउ, खटिराको माध्यम
  • शरीरबाट निस्कने तरल पदार्थ
  • दूषित सतह र सामग्री

निम्न अंगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ

  • श्वासनली
  • आँखा नाक वा मुख
  • काटिएको टोकिएको वा फुटेको छाला
  • यौनाङ्ग र मलद्वार
  • बाँदर मुसा लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस फैलिन सक्छ।

मंकीपक्स रोगका लक्षणहरु

  • ज्वरो आउने
  • सामान्यत ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
  • अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु
  • डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
  • टाउको, ढाड र मांसपेशी दुख्नु
  • शरीरका ग्रन्थीहरु बढ्नु
  • लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामन्यतया आफै हराउँछ

मंकीपक्स रोगका जटिलता

  • बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्न आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण हुने, मस्तिष्क ज्वरको जोखिम, गर्भ खेर जानु, मृत्यु जटिलता हुनसक्छ ।

रोकथामका उपाय

  • मंकीपक्स शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित रुपमा सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
  • संक्रमित व्यक्तिको हेरचाह गर्नेलाई पीपीई लगाउने
  • घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
  • नियमित साबुनपानीले हात धुने
  • मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिका लुगा तौलिया ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने
  • संक्रमितको सम्पर्कमा आएको स्थान निसंक्रमण गर्ने
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  • फोहोरलाई उचित स्थानमा फाल्ने

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button