मनोरञ्जन

मण्डला थ्रियटरमा लाटीको छोरो

Gobal IME Bank

यतिखेर काठमाडौँको मण्डला थ्रियटरमा सुलक्षण भारती निर्देशित नाटक ‘’लाटीको छोरो’’ मन्चन भैरहेको छ ।  नाटक निर्देशक भारती कै लेखनमा तयार भएको नाटक श्याम शाहको कथा संग्रह ‘’अब्बा’’ बाट साभर गरिएको हो ।

drama lati ko gharसम्भवत पहिलो पटक नेपाली रंगमंचमा प्रोडक्सन डिजाइनरको निर्माण परिकल्पनामा नाटक बनेको हो । आर्थिक, सामाजिक र राजनैतिक हस्तक्षेपलाई  संवाद र अभिनयद्वारा यस नाटकले लाटीको प्रधिनिधित्व गर्ने समाजका कंयौलाई व्यंग्य गर्न खोजेको छ  । माक्सवाद सिधान्तको निकट रहेको यस नाटकमा समाजका ठुला वर्ग भानाउदाले असक्षम, निसहाय सहाराविहिन हरु माथि गर्ने प्रभुत्वलाई प्रस्तुत गरेको छ ।  उपयुक्त साजसज्जाले स्टेज एउटा गाँउ बनेको छ जहाँ न्यारेटर (सुलक्षण)को न्यारेसनसंगै पात्रहरु नाटकमा बगेका छन्  । बिभिन्न मानिसहरु एवं डोम समुदायको बसोबासबाट सुरु हुन्छ । एक दिन त्यो बस्तीमा एउटी लाटी आइपुग्छे । लाटी अनि सोहि बस्तीका धनाढ्य व्यक्तिको छोरो (पुनित) र लाटीको प्रेम सुबास्ना समाजमा फैलिन्छ । समय बित्दै जाँदा एकदिन लाटी गर्भवती हुन्छे सोहि दृश्य नाटकको क्लाईमेक्स भैइदिन्छ ।नाटकले समाजका त्यस्ता कंयौ लाटालाटीलाई व्यंग गरेको छ जसले समाजका बिकृति विसंगति हेरेर मात्र बस्छन, तर त्यस बारे मुख खोल्दैनन् ।  आर्ट स्टुडियोको प्रस्तुतिमा बनेको यस नाटकमा लाटीको जीवन्त अभिनय केनिपा सिहंले गरेकी छिन् भने पशुपति राईले पवित्राको भूमिका निभाएकी छिन् । नेता विषनाथको भूमिकामा अभिनेता टिका पहारी प्रस्तुत भएका छन् ।  करिब ४१ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फकने भएका छन्  । बस्तीको शिक्षक रामप्रसादको भमिकामा संदेश लामिछाने, सुरजा डोमको भूमिकामा कुन्दन चौधरी, असई प्रेम बा.थापाको भूमिकामा रियर राई, हवल्दार बच्चु यादवको भूमिकामा प्रकाश दाहाल, पण्डित चन्द्रकान्तको भुमिकामा रोशन सुबेदी, ब्यापारी सिताराम अग्रवालको भूमिकामा राजन काफ्ले, पुनितको भूमिकामा सुदिप खतिवडा, मिठालाल यादवको भूमिकामा आयन खड्का,नाईको भूमिकामा मिलन कार्की प्रस्तुत भएका छन् ।  नाटक ‘’लाटीको छोरो’’ भने भाद्र २० देखि असोज ८ सम्म मन्चन हुनेछ ।

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button