महाकवि देवकोटाको निवास सङ्ग्रहालय बन्ने
३० मंसिर, काठमाडौँ । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ। सो जग्गा प्राप्त गरे पश्चात प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको निवास, अब सङ्ग्रहालय बनाइने घोषणा गर्नुभएको छ । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधान मन्त्रीले सो घोषणा गर्नु भएको हो। जग्गा प्राप्ति भए लगत्तै सङ्ग्रालय निर्माण कार्य अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायक अनुसार प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको बताए । जग्गाको सम्पूर्ण हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आज रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ।