अन्यसमाचार

मदन भण्डारी स्मृति दौड फागुनमा -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । रन क्लब नेपालको आयोजनामा ‘दोस्रोे मदन भण्डारी स्मृति ठमेल रोड रेस च्याम्पियनसिप २०२०’ हुनेभएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गर्ने उद्देश्यले आगामी फागुन २४ गते रोड रेसको आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोड रेसमा स्वदेशी तथा विदेशी गरी करिब तीन हजार खेलाडीको सहभागिता रहनेछ । “भ्रमण वर्षलाई सफल बनाउनुका साथै ऐतिहासिक, पर्यटकीय र विश्व सम्पदा सूचीमा परेका काठमाडाँै उपत्यकालाई विदेशमा प्रचारप्रसार गर्दै पर्यटनको विकासमार्फत आर्थिक प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रेसको आयोजना गर्न लागिएको हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल म्याराथन धावक ओलम्पियन जितबहादुर केसी र दक्षिण एशियाली खेलकूदमा म्याराथनमा ह्याट्रिकसहित कीर्तिमान राख्न सफल ओलम्पियन वैकुण्ठ मानन्धरको सहभागिता रहने रोड रेसमा महिला-पुरुष पाँच किमी, छात्र÷छात्रा पाँच किमी, महिला तथा पुरुष भेट्रान्स पाँच किमी र महिला तथा पुरुष कर्पोरेट पाँच किमी दौड समावेश गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्, नेपाल एथ्लेटिक्स सङ्घ र काठमाडाैँ जिल्ला खेलकूद विकास समितिले मान्यता दिएको रोड रेसमा विजयी खेलाडीका लागि आकर्षक पुरस्कार राशिको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button