मुख्य समाचारसमाचार

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई – Good News 24

Gobal IME Bank

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानवीन गर्न गठित सो समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनु भयो । सबै राजनीतिक दलका प्रतिनिधिहरु भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

नेता विश्वकर्माले भन्नु भयो, ‘सञ्चारकर्मी साथीहरुले समितिका सदस्यहरुसँग समितिको बारेमा र समितिको कामकारबाहीको बारेमा लिएका सूचनाहरुको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रशारण गरिएको सूचनाहरुले भ्रम सृजना गरेको हुनाले समितिको सूचना एकद्वार प्रणालीबाट जाओस् भनेर समितिका सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय हामीले ग¥यौं । प्रवक्ता तोक्ने विषयमा विवाद भएन । हामी सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व गर्ने हुनाले समितिको सचिवलाई तोक्दा निर्विवाद हुन्छ भनेर प्रस्ताव गरियो । त्यसमा विवाद भएन ।’

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button