Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

आँप खानुका फाइदा

Benefits of mango

काठमाडौं। अहिले बजारमा आँप प्रशस्तै पाइन्छ। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । खाँदा निकै स्वादिलो लाग्ने र सम्झिँदै मुख रसाउने यो फल मिठो मात्र होइन यसबाट स्वास्थ्यको लागि निकै लाभ पनि प्राप्त हुन्छ ।

आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । आप खानुका धेरै स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो भएर चिन्तित भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत मद्दत गर्छ ।

आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै आँपमा क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि पाइन्छ।

यो एन्टी अक्सिडेन्टको मुख्य श्रोत पनि हो जसले शरीरमा कोषको क्षयिकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ । आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने विज्ञहरु बताउँछन् ।

आँप खानुका फाइदा निम्न छन्

क्यान्सरबाट बचाउछ
आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ।

दृष्टिशक्ति बढाउछ
यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ।

फाइबर र भिटामिन सिको भण्डार
आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।

शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ
आँपको सेवनले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ।

पाचन प्रक्रिया राम्रो बनाउछ
मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर भरपुर मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।

रोगप्रतिरोधी
आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।

एन्टिअक्सिडेन्टयुक्त
आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ।

प्रजनन क्षमतामा वृद्धि गर्छ
आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।

खनिजयुक्त
आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन्।

यौन क्षमता बढाउछ
आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघातको जोखिमबाट बचाउँछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।

छालामा चमक ल्याउछ
आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

ब्ल्याकहेडको उपचार
आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ। यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ। यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ। यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ।

एन्टि एजिङ फाइदा
आँपले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ। यसमा पाइने भिटाभिन सिले डण्डीफोर आउन दिदैन। यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ। यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ। एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् र २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ।

कपालका लागि पनि लाभदायी
भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिका लाभदायक हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ।

यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाँको धुलो बनाएर पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ।

– सुख्खा खोकी छ भने एउटा पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै खानुहोस्, यसरी आँप खाँदा खोकी निको हुन्छ।

– मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने फाइदा मिल्छ।

– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसाको समस्याको समाधान हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ।

– कान दुखेकोमा आँपको पातको रस निकालेर, हल्का तातो पार्नुस् र कानमा यसको थोपा राख्नुस्, यसले पीडाबाट राहत मिल्छ।

– गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ।

– लू तथा गर्मीमा काँचो आँपको रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ।

– आँप खाएपछि तातो दूध पिउनुस्, तर, पानी भने सेवन नगर्नुस्।

– एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।

– यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ।

– यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एउटा आँप खाँदा लाभदायक हुन्छ।

– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button