अन्यसमाचार

कैदीबन्दीलाई मास्क वितरण -GoodNews24

Gobal IME Bank

लमजुङ । बेंसीशहर नगरपालिका–८ शेरास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई मास्क वितरण गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै जिल्ला कारागारले आफ्ना कैदीबन्दीलाई मास्क वितरण गरेको हो ।

कारागारका सिनियर अहेब राजगीर शाहले चौकीदार दिनेश परियारलाई एकमुष्ट १५० थान मास्क वितरण गर्नुभयो । जिल्ला कास्की कारागारका कैदीबन्दीले बनाएर कारागारलाई निःशुल्क सहयोग गरेको र सो मास्क वितरण गरिएको कारागारले जनाएको छ । कारागारका कैदीबन्दीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बचाउनका लागि केही दिनअघिसाबुन वितरण गरिएको कारागारका सूचना अधिकारी रमेश विश्वकर्माले बताउनुभुयो । त्यस्तै कारागारमा उच्च सतर्कता अपनाउँदै भेटघाटसमेतमा रोक लगाइएको छ ।

कारागारमा २५ जनाको क्षमता रहे पनि पुरुष ६४ र सात महिला कैदीबन्दी छन् । सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा र जबर्जस्ती करणी उद्योग मुद्दाका कैदीबन्दी छन् ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″]

[irp posts=”5505″] [irp posts=”5470″]

[irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button