समाचार

थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता – GoodNews24

Gobal IME Bank

प्युठान । बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो ।
जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् । जिल्लाभरबाट ११६ जना फिर्ता गरिएकामा चार जनाको मात्रै आरडिटी गरिएको र ११२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।
“सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छाँै”, श्रेष्ठले भन्नुभयो, “एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ ।” उहाँका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जूर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ ।
किटका अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् । क्वारेन्टाइनमा पन्ध्र दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् । प्युठान नगरपालिकामा रहेका पाँच, नौबिहनी गाउँपालिका दुई, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा चार जनालाई एक हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९९५ छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १५३ जनाको चौध दिन बसाइ पूरा गरी पन्ध्र दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″]

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button