गुड न्यूज 24मुख्य समाचारसमाचार

भ्रष्टचार भएको थाहा पाए आफुलाई सम्पर्क गर्न मेयर बालेनको अनुरोध, दिए आफ्नो मोबाइल नम्बर

Gobal IME Bank
file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगर पालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित आफुहरुलाई भिडियो अडियो सहित सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

त्यस्तै मेयर बालेनले कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउन पनि भन्नुभएको छ । त्यस्तै आफुहरुलाई तुरुन्तै सम्पर्क गर्नको लागि पनि मेयर बालेनले सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ ।

त्यस्तो गतिविधिहरु भएको थाहा पाएमा जो कोहीले पनि ९८६३५९२०११ मा ह्वाट्सएपमा प्रमाण सहित सम्पर्क गर्न सकिने छ । ”यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।”- मेयर बालेनले भन्नुभयो ।

मेयर बालेन भन्नुहुन्छ:

”हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button