मनोरञ्जनमुख्य समाचारसमाचार

श्रमदानका औजारसहित धरान पुगे अभिनेता पल शाह, मेयर साम्पाङले भने- ”श्रमलाई सम्मान गर्ने कलाकार पल जी”

Gobal IME Bank

काठमाडौं । अभिनेता पल शाहले धरान पुगेर धरानका मेयर हर्क साम्पाङलाई विभिन्न श्रमदान स्वरुप औजारहरु सहयोग गरेका छन् ।

अभिनेता पल शाहले सहयोग गरेका औजारहरुको तस्बिर सार्वजनिक गर्दै मेयर साम्पाङले- ”श्रमलाई सम्मान गर्ने कलाकार पल जी” भनेको छन् । मेयर साम्पाङले धरानबासीलाई पानीको अभावलाई मेटाउने उद्देश्यसहित श्रम गरिरहनुभएको छ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिने मेयर साम्पाङ हर कोहीलाई आफ्नो काममा ऐक्यवद्धता जनाउनका लागि भन्छन् । त्यसो त पछिल्लो समय उनको काममा हात बटाउनकै लागि पनि धेरै कलाकारहरु उनलाई साथ दिन धरान पुगेको देखिन्छ ।

मेयर साम्पाङ आफुलाई कुल्ली मेयर भन्न पनि रुचाउछन् । मेयर साम्पाङले लेख्दै भन्छन्- ”हतियार होइन औजार १ रगत होइन पसिना ! जय श्रम अभियान !”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button