मुख्य समाचारसमाचार

आजबाट एमडीएमएस लागू, विदेशबाट पहिले नै ल्याइसकेको मोबाइल पनि बन्द हुन्छ ? अब के गर्ने ?

Gobal IME Bank

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू भएको छ ।

यो संगै अबदेखी अवैध तरिकाले नेपाल भित्राइएका मोबाइलहरु नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यसो त करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सैबलाई हानि भइरहेको बताइएको छ ।

सोही चुहावटलाई रोक्ने उद्धेश्यसहित एमडीएमएस लागू गरिएको हो । एमडीएमएस प्रणाली सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७८ साउनदेखि नै लागू गर्ने घोषणा गरेको थियो तर विभिन्न कारणले कार्यान्वयनमा भने आउन सकेको थिएन । तर आजबाट यो कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

के विदेशबाट पहिले नै ल्याइसकेको मोबाइल पनि बन्द हुन्छ ?

विदेशबाट ल्याएको मोबाइलमा नेपाली सिम प्रयोग गरेको १५ दिनभित्र मोबाइलको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्दछ ।

तर वैशाख ३१ गते (हिजो) सम्म कसैले विदेशबाट ल्याएको फोनमा सिमकार्ड राखिसकेको छ भने त्यसलाई सिस्टमले अटोमेटिक दर्ता हुन्छ र मोबाइलले काम गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button