अन्यसमाचार

को हुन् यी व्यक्ति जस्को नाकले राख्यो वल्र्ड रेकर्ड ?

Gobal IME Bank

एजेन्सी । संसारमा यस्ता धरै मानिसहरु छन् जो आफ्ना विभिन्न कर्तबहरुद्वारा प्रसिद्ध छन् । हामी यहाँ चर्चा गर्न गइरहेका छौं त्यस्ता व्यक्तिको जो आफ्नो शरीरको कुनै एक भागका कारण नै विश्वभरी नै चर्चामा रहेका छन ।

मेहमेत ओज्युरेक त्यस्ता व्यक्ति हुन् जो विश्वभरी नै आफ्नो एकदमै ठुलो आकारको नाक कै कारण चर्चामा छन् ।

उनी टर्कीका बासिन्दा हुन् । मेहमेत ओज्युरेकको नाक संसारमा अवस्थित कुनै पनि मानिसको सामान्य नाक भन्दा ठूलो छ । ओज्युरेकको नाम मार्च २०१० मागिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । उनको नाकको लम्बाइ ८.८ सेन्टिमिटर (३.४६ इन्च) रहेको थियो । उनको अनुहारको अगाडि साढे तीन इन्चको नाक थियो ।

यो कीर्तिमान विगत ११ वर्षदेखि टर्की निवासी मेहमेत ओज्युरेकको नाममा छ । उनको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन ।

त्यसो त टर्कीका मेहमेत ओज्युरेकको यसै महिनामा निधन भएको थियो। उनको ७३ वर्षको उमेरमा निधन भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button