शिक्षा स्वास्थसमाचार

मानसिक स्वास्थ्य सुधारका लागि पारिवारसँग कुराकानी आवश्यक

Family

Gobal IME Bank

काठमाडौँ। विज्ञहरुले मानसिक स्वास्थ्य सुधार्न पारिवारसँग कुराकानी आवश्यक रहेको निष्कर्ष निकालेका छन् । अभिभावक र बालबालिका दुवैको मानसिक स्वास्थ्य सुधार्न एकअर्काबिच कुराकानी आवश्यक रहेको बताएका छन् । पछिल्ला वर्षहरूमा युवाहरुको मानसिक स्वास्थ्यको बारेमा धेरै छलफल भई रहेको छ । हार्वर्डको ग्रेजुएट स्कूल अफ एजुकेशनका अनुसन्धानकर्ता रिचर्ड वेसबोर्डले किशोरकिशोरीहरू जस्तै अभिभावकहरू पनि मानसिक स्वास्थ्यको समस्यामा हुने गरेको बताएका छन् ।

मेकिङ केयरिङ कमनले ७५० अभिभावकमा गरेको सर्वेक्षणले एक तिहाइ किशोरकिशोरीहरुलेले आफ्ना अभिभावकमा तनावको अनुभव गरेको निष्कर्ष निकालेको थियो । विइसबोर्डले केयरिङ फर केयरगिभर्सको अध्ययनमा डिप्रेसन भएका आमाबाबुका बालबालिकामा व्यवहार, तनाव ह्यान्डलिङ, सामाजिककरण, शैक्षिक समस्या र मानसिक रोगको उच्च दर रहेको दाबी गरेको छ ।

बाबुआमा र छोराछोरी दुवैलाई मानसिक समस्या छ भने समस्या बढ्न सक्छ, त्यसैले अभिभावकको मानसिक स्वास्थ्यको पनि ध्यान दिनु आवश्यक हुन्छ, यसले सम्पूर्ण परिवारलाई असर गर्छ ।

किशोरको कुरा सुन्नुहोस्

अध्ययनमा ४० प्रतिशत किशोरहरूले आफ्ना आमाबाबुले आफ्नो जीवनको बारेमा छलफल गरुन् र आफ्नो प्रतिक्रिया जानुन् भन्ने चाहेको पत्ता लगाएका छन् ।

उनीहरुले ढोकाको प्वालबाट होइन ढोका खोलेर आफुहरुलाई अभिभावकले बुझुन भन्ने चाहेको बताएका छन् । बोस्टन बाल अस्पतालका बाल मनोचिकित्सक विलियम बियर्डस्ले यसलाई ुपारिवारिक कुराकानीु पहलको रूपमा हेर्छन् । यसले किशोरहरूलाई भावनात्मक समर्थनको लागि आमाबाबुसँग पुग्न प्रोत्साहित गर्न सक्छ, जुन बलियो सम्बन्धको संकेत हो ।

आमाबाबुले पनि मद्दत लिनुपर्छ

विज्ञहरूका अनुसार मानसिक स्वास्थ्य समस्याबाट लड्न, त्यसको बारेमा बुझ्न आवश्यक हुन्छ । जब किशोरहरू चिन्तित वा निराश हुन्छन्, आमाबाबुले उनीहरूको चिन्ता व्यवस्थापन गर्न शान्त, प्रभावकारी मद्दत र समर्थन प्रदान गर्न आवश्यक हुन्छ । डिप्रेसन एन्जाइटीको उपचार गर्न सकिन्छ, यदि तपाईलाई यसका लागि अरुको सहयोग लिनु पर्यो भने बिना हिच्किचाहट लिने गर्नु पर्छ ।

हेरचाहमा फोकस

आमाबाबुलाई पनि मानसिक स्वास्थ्यको हेरचाह चाहिन्छ । स्वास्थ्य केन्द्रहरू, कार्यस्थलहरू र सामुदायिक संस्थाहरू मार्फत आमाबाबुको मानसिक स्वास्थ्यलाई ध्यान दिनुले सम्पूर्ण परिवारलाई फाइदा पुग्न सक्छ । आमाबाबु निराश होस् वा नहोस्, आमाबाबुले ठूलो भूमिका खेल्न सक्छन् । किनकी उनीहरुको स्वास्थ्यसँग पुरै परिवारको स्वास्थ्य प्रत्यक्ष रुपमा जोडिएको हुन्छ ।

छलफलमा इमानदार

निराश आमाबाबु भएका किशोरहरूले उनीहरूको व्यवहारको लागि आफैलाई दोष दिन्छन् । त्यसैले अभिभावकहरूले बालबालिकासँग कुरा गर्दा आफ्ना अनुभवहरूप्रति इमानदार हुनुपर्छ । जसले बालबालिकामा सकारात्मक प्रभाव पार्छ ।

लक्ष्यहरू सेट गर्न मद्दत गर्नुे

अध्ययनमा २६ प्रतिशत किशोरहरूले उनीहरूले जीवनमा उद्देश्यको भावना महसुस नगरेको बताएका छन् । यसको सम्बन्ध डिप्रेसनसँग रहेको बुझ्न सकिन्छ । आमाबाबुले बच्चाहरूलाई उनीहरूको जीवन अर्थपूर्ण बनाउन मद्दत गर्नुपर्छ ताकि उनीहरुको विकास हुन सकोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button