Grace Computer Jawalakhel
अन्यसमाचार

मेसीले पुर्‍याए इन्टर मियामीलाई लिग्स कपको क्वार्टरफाइनलमा

Messi

काठमाडौँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले उत्कृष्ट दुई गोल गरि हारतर्फ उन्मुख भई रहेको इन्टर मियामीलाई लिग्स कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुर्‍याउन सफल भएका छन् । सोमबार खेलिएको खेलमा इन्टर मियामीले एफसी डालासलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको प्रारम्भमा नै मेसीले इन्टर मियामीका लागि पहिलो गोल गरेका थिए । उनले खेलको छैटौं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए तर, त्यसपछि इन्टर मियामी दबाबमा परेको थियो ।

खेलको ३७ औं मिनेटमा एफसी डालासका लागि फाकुन्डो क्विगननले पहिलो गोल गरेका थिए । ४५ औं मिनेटमा बेनार्ड कामुन्गोले एफसी डालासलाई २—१ गोलले अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा एलन भेलास्कोले एफसी डालासका लागि तेस्रो गोल थपेपछि इन्टर मियामी ३—१ ले पछाडि परेको थियो।

त्यसपछि खेलको ६५ औं मिनेटमा बेन्जामिन क्रेमास्चीले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा इन्टर मियामीका रोबर्ट टेलरबाट आत्मघाति गोल भयो । त्यतिबेलासम्म एफसी डालास ४—२ गोलले अगाडि थियो ।

खेलको ८० औं मिनेटमा एफसी डालासका मार्को फार्फनले गोल गरेका थिए। खेल अन्तिमतिर पुगिसक्दा पनि एफसी डालास ४—३ गोलले अगाडि थियो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि मेसीले आकर्षक गोल गरेका थिए । उनले फ्रिकिक मार्फत उक्त गोल गरेका थिए ।

मेसीको उक्त गोलका कारण निर्धारित समयको खेल ४—४ को बराबरीमा सकियो । त्यसपछि पेनाल्टी सुटआउटमा इन्टर मियामीले बाजी मार्‍यो । पेनाल्टी सुटआउटमा इन्टर मियामीले एफसी डालासलाई ५—३ गोलले पराजित गर्‍यो ।

पेनाल्टी सुटआउटमा पनि मेसीले गोल गरेका थिए । मेसीले इन्टर मियामीका लागि हालसम्म चार खेल खेलेका छन् । उनले क्लबका लागि सात गोल गरिसकेका छन् । मेसीले खेलेको सबै खेलमा इन्टर मियामी विजयी भएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button