मुख्य समाचारसमाचार

अब विदेशबाट फर्किने नेपाली नागरिकले २ वटा मोबाइल ल्याउन पाउने

Gobal IME Bank

काठमाडौं । अब विदेशबाट फर्किने नेपाली नागरिकले २ वटा मोबाइल ल्याउन पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी (प्रयोग गरिरहेको बाहेक) थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको हो । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्रीले जानकारी दिनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button