Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

मेनुका प्रधानको चलचित्र ‘गुराँस’ को चेक रिपब्लिकमा वर्ल्ड प्रिमियर सम्पन्न

Movie premiere

अभिनेत्री मेनुका प्रधान अभिनीत चलचित्र ‘गुराँस’ को चेक रिपब्लिकमा चलिरहेको दि कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ।

प्रिमियरमा चलचित्रले उपस्थित दर्शकबाट तारिफ पाएको छ। फेस्टिभलमा पुगेका निर्देशक सौरभ राईले चलचित्र हेर्ने दर्शकले फिल्म रूचाएको जानकारी दिए। यही फिल्मको वर्ल्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन्।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। यो चलचित्रले दुई पुस्ताका चरित्र मार्फत छोरी र आमाबुवाको फरक फरक चिन्तालाई पनि उजागर गरेको छ।

‘गुराँस’ लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। चलचित्रमा तुलसी खवासले गुराँसको रूपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् भने यस चलचित्रमा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।

सुबल केआरले छायांकन गरेको फिल्मलाई सौरभ राई र अंकिता पुरकायस्थले सम्पादन गरेका हुन्। अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button