शिक्षा स्वास्थ

कस्ता मानिसलाई लामखुट्टेले बढी टोक्छ ?

Gobal IME Bank

एजेन्सी । गर्मी महिना विशेषतः वर्खा मौसमको समयमा लामखुट्टेले अत्याधिक सताउने गर्छ । यो समयमा लामखुट्टेहरु बढी सक्रिय हुने गर्छन् त्यसैले यो मौसममा लामखुट्टेले धेरै नै सताउने गर्छ । लामखुट्टेको टोकाइबाट बच्न हामी अनेकौं उपाय अपनाई रहेका हुन्छौेंँ । तर एक अध्ययनले यस्ता मानिसहरुलाई लामखुट्टेले बढी तोक्ने निस्कर्ष निकालेको छ ।

१) रक्त समूह ओ भएका व्यक्ति
एक अध्यननका अनुसार लामखुट्टेले रक्त समुह अनुसार मानिसहरुलाई टोक्ने गरेको पाइएको छ । सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार रक्त समुह ओ ग्रुप का मानिसलाई अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टेले टोक्ने गर्छ ।

उक्त अध्ययन अनुसार ‘ओ’ पछि लामखुट्टेले क्रमशः रक्त समूह ‘ए’, ‘बी’ र अन्त्यमा ‘एबी’ मन पराउँछ । तसर्थ तपाईलाई लामखुट्टेले टोक्नुमा रगत समूह ‘ओ’
भएको कारण पनि हुन सक्छ ।

२) गर्भवती महिला
वयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरुलाई लामखुट्टेको टोकाईको बढी जोखिम हुन्छ। एक अध्ययन अनुसार गर्भवती महिला अन्य मानिसहरुको तुलनामा दुई गुणा बढी लामखुट्टेको टोकाईको जोखिममा हुन्छन् ।

३) मस्क्युटो म्यागनेट जिन
शरीरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जिन छ भने पनि धेरै लामखुट्टेले टोक्ने गर्छ । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टेलाई आर्कर्षित गर्ने गर्छ। यो जिनले मानिसको शरीरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे यो जिन भएको मानिस प्रति बढी आकर्षित हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button