मनोरञ्जनमुख्य समाचारसमाचार

मिस्टर बिस्टको भाइरल पोष्टः यी हुन् दश लक्की विनरहरु जस्ले पाउँदैछन् दश हजार डलर

Gobal IME Bank

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एक व्यक्ती निकै चर्चामा रहेका छन् । हामी मध्ये धेरैले उनका तस्बिर र उनका सामाजिक सञ्जाल इन्स्टाग्रामको पोष्ट सेय गरेको देखिरहेका थियौं । उनी हुन चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ।

उनले आफ्नो जन्मदिनको अवसरमा दश हजार डलर करिब ६५ लाख रुपैया १० जना लक्की विनरलाई दिने घोषणा गरेका थिए । त्यसपछि उनको चर्चा झनै आकाशियो । सबैले उनको पोष्टलाई सेयर गर्न थाले ।

मिस्टर बिस्टले आफ्नो इन्स्टाग्राम पोष्ट मार्फत सोमबार यो जानकारी दिएका थिए । दश शजार डलर जित्नको लागि मिस्टर बिस्टको उक्त पोष्ट आफ्नो इन्स्टाग्रामको स्टोरीमा सेयर गरी मिस्टर बिस्टको इन्स्टाग्राम अकाउन्ट फलो गर्नु पर्ने नियम रहेको थियो । मिस्टर बिस्ट उपनामले चर्चित जिमी डोनल्डसन अमेरिकी युट्युबर हुन् ।

उनको युट्युब अकाउन्टमा एक सय ५२ मिलियन सब्सक्राइबरहरु छन् । मिस्टर बिस्टको जन्म अमेरिकाको कान्सासमा सन् १९९८ मे ७ मा भएको थियो । सन् २०२३ मा उहाँले किड्स चोइस अवार्ड मार्फत फेबरेट मेल क्रियटरको अवार्ड पनि पाएका थिए ।

मिस्टर बिस्ट बेला बेलामा आफ्नो परोपकारी कार्यको कारण चर्चामा आइरहेका हुन्छन् । गत आइतबार पनि मिस्टर बिस्टले हजार जना बहिरो व्यक्तिहरुलाई श्रवण यन्त्र डोनेट गरेको कारण चर्चामा थिए । अन्ततः मिस्टर बिस्टले १० जना लक्की विनर छानेका छन् ।

लक्की विनरहरुको इन्स्टाग्राम नाम:

  1. rogeliohhl
  2. meyyen_
  3. im_ juandiaz
  4. polyrlima16
  5. elterrycrewsvenezolano
  6. k.yra.ownes
  7. alanhesa
  8. melissaricherrr
  9. emilnicholai96
  10. julianne.bowlds

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button