गुड न्यूज 24मुख्य समाचारसमाचार

देशभरका नागरिकले अब उपत्यकाका यी स्थानहरुबाट राष्ट्रिय परिचयपत्र पाउने

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न अब उपत्यका भित्रका विभिन्न स्थानहरूमा पाइने भएको छ । उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूको सहजताका लागि सरकारले अब उपत्यका भित्रै विभिन्न स्थानहरुमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापना गरेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुर- कर्णाली प्रदेश र सुदूर(पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरू ।

नारायणहिटी दरबार परिसर- प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मदेश प्रदेशको सिरहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरू ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग- नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू ।

प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसन- राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यहरु

जिल्ला प्रशासन कार्यालय, काठमाडौं- बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र बनाउन के के चाहिँन्छ ?

१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

२. बसाई सराईको सक्कल प्रमाणपत्र (बसाई सरी आएकाको हकमा)

३. विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र (विवाहितको हकमा)

४. कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्माचारी भए पेन्सनपट्टा

५. राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपी

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button