समाचारसूचना प्रविधि

उडेको जहाज बीचबाटै फर्किएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका जहाज मेन्टिनेन्सका दुई कर्मचारीलाई कारबाही

Airlines

Gobal IME Bank

काठमाडौँ । काठमाडौँबाट साउदी अरबको दमामको लागि उडेको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई पाकिस्तानबाट फर्काइएको कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज मेन्टिनेन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ।

उड्डयन प्राधिकरणले जहाजको मर्मत गर्ने नेपाल एयरलाइन्सको दुई व्यवस्थापकलाई हालका लागि सेवाबाट निलम्बन गरिएको उड्डयन प्राधिकरणका कर्मचारीले जानकारी दिएका छन् ।

बुधबार राति १२। १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामका लागि उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँमा नै अवतरण गरेको थियो।

जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास’मा समस्या देखिए पछि जहाजलाई पुनः काठमाडौँ फर्काइएको थियो। जहाजमा उडानका क्रममा अन्य जहाज नजिक आएको संकेत टिकासले दिने गर्छ । त्यही टिकासले राम्ररी काम नगरेपछि अन्य जहाजसँग ठोक्किने जोखिमका कारण चालकले काठमाडौँ फर्काएको थियो ।

जहाज जाँच गरी उडानको लागि योग्य रहेको सिफारिस दिने ड्युटी इन्जिनियर र नेवाल वायु सेवा निगमको एयरवर्दिनेस विभागका म्यानेजरलाई निलम्बन गरिएको छ । जहाज उड्नुअगाडि जहाजको सम्पूर्ण पाटपूर्जा ठिक छ भनेर मर्मतमा रहेका व्यवस्थापकहरूले हस्ताक्षर गरेका हुन्छन् ।

व्यवस्थापकहरूले ठिक छ भनेर उडेको जहाज बीचबाटै फर्किएपछि उनीहरूलाई केही समयका लागि निलम्बन गरी उड्डयन प्राधिकरणले स्पष्टीकरण पनि सोधेको छ। बाँकी कारबाही प्रक्रियाबारे उनीहरूले स्पष्टिकरण बुझाएपछि निर्णय गरिने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button