समाचारसूचना प्रविधि

रिङरोडमा ओभर स्पिडमा गुडेका गाडीको निगरानी गर्न स्मार्ट क्यामेरा

Traffic Police

Gobal IME Bank

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको गतिभन्दा बढी स्पिडमा कुदेका सवारी पहिचान गर्न स्मार्ट क्यामेरा जडानको काम सुरु गरेको छ ।

उपत्यकाका विभिन्न तीन स्थानबाट प्रयोगमा आउन लागेको अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन ‘एएनपीआर’ सिस्टम विथ स्पिड डिटेक्सन नामक क्यामेराले ट्राफिक प्रहरीलाई तोकिएको स्पिडभन्दा बढीमा कुदेका सवारीको जानकारी उपलब्ध गराउनेछ ।

अहिले हामीले तीन ठाउँमा एनपीआर क्यामेरा जडानको काम सुरु भएको छ र विस्तारै ट्राफिक बढी हुने ठाउँमा क्यामेरा जडान गर्दै जाने योजना बनाएको ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ ।

हाल कोटेश्वरको भाटभटेनी नजिक, महालक्ष्मीस्थान साथै धोबीघाट र सानेपाको बीचमा एनपीआर क्यामेरा जडानको काम भइरहेको छ ।

यी क्यामेराको सहायताले साउन महिनादेखि सवारी निगरानी गरिनेछ।

यो क्यामेराले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेको हुन्छ । यदि कसैले तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ भने त्यसको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जान्छ ।

त्यसपछि नम्बर प्लेटको आधारमा सवारी धनी पहिचान गरी ट्राफिक प्रहरीले उक्त व्यक्तिलाई कारबाही गर्छ ।

ट्राफिक प्रहरी नभएको ठाउँमा चालकले मौका छोपी बढी गतिमा सवारी चलाउने गरेको पाइएपछि यस्तो प्रविधि ल्याएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button