समाचारसूचना प्रविधि

हवाई जहाजमा तरल पदार्थ निषेध गर्नुको कारण यस्तो छ , पढ्नुहोस्

Gobal IME Bank

विज्ञानको प्रविधिको बिकास संगै हाम्रो दैनिक जीवन निकै सहज बनेको छ । हामी संग टाढा बसेका व्यक्तिहरु संग कुरा गर्न फोन छ ,उनीहरुलाई आँखै अगाडी भए जस्तो गरि लाइभ हेर्न विभिन्न सामाजिक संजाल छन् । त्यस्तै सात समुन्द्र पारि लाखौ माइल टाढा पुग्नको लागि हवाई जहाज छन । प्लेनलाइ अहिले सम्म कै क्रांतिकारी टेक्नोलोजी भन्दा फरक नपर्ला । आज भन्दा ४०० वर्ष अगाडी के कसैले सोचेको थियो होला कि आकाशमा उड्न सकिन्छ ? आकाशबाटै कुनै पनि चिज यहाँ बाट त्यहाँ लैजान सकिएला ? तर अहिले यो सब सम्भव भइसकेको छ हामी हवाई जहाजबाट कुनै पनि चिज लैजान सक्छौ तर यो अचम्मको कुरा छ जहाँबाट सबै चिज लान सकिन्छ त्यहाँबाट तरल पदार्थ लान चाहि किन प्रतिवन्ध लगाइएको छ ? यसको पछाडी कारण के छ ? किन हामी पेय पदार्थ या कुनै पनि तरल वस्तु प्लेनबाट लैजान सक्दैनौ ? यो सवाल मनमा उठ्नु स्वाभाविक हो ।

त्यसो भए किन  हामी हवाई जहाजमा तरल पदार्थ लैजान सक्दैनौ त ?

कति व्यक्तिहरु सोच्छन कि प्लेनमा पानी लिएर जानाले प्लेनको भार बढ्छ ,कोहि यस्तो सोच्छन कि फ्लाइटका मान्छेहरु पैसा कमाउनको लागि यसो गर्छन त कोहि ठान्छन प्लेनमा पानी लानाले फोहोर बढ्छ तर यो बिल्कुल गलत छ । प्लेनमा पानी मात्र होइन सबै तरल पदार्थ लैजान मनाही छ यसको पछाडि भिन्दै कारण छ । पहिले प्लेनमा तरल पदार्थ लानको लागि स्वीकृति दिइएको थियो । १९९५ मा एक फिलिपिनी व्यक्तिले हवाईजहाजमा ब्लास्ट गराउने योजना बनाए । त्यति कडा सुरक्षाको विचमा पनि ति व्यक्तिले हवाई जहाज भित्र बम कसरी लान सफल भए ? यसको एउटै उत्तर थियो तरल पदार्थ । उनले धातुका कुनै चिज प्लेन भित्र लैजान सक्दैन थे ,किनकि मेटल डिटेक्टरले त्यो कुरा तुरुन्त पत्ता लगाउन सक्छ । ति व्यक्तिले एक बिशेष किसिमको तरल पदार्थमा बम बनाउने सामग्री लागेका थिए । ति व्यक्तिले आफुलाई बचाउने तयारी सहित प्लेनमा बम ब्लास्ट गर्न खोजेका थिए । तर भाग्यबस उनले लागेको बिस्फोटक सामग्री बिस्फोट नभएर आगोलागि मात्र भएको थियो प्लेनले आकस्मिक अवतरण गर्यो तर यसै बिचमा प्लेनमा सवार ११ जनाको ज्यान गएको थियो ।

उक्त घटना पछि सबै प्लेनहरुमा तरल पदार्थ लैजान निषेध गरिएको थियो । अब तपाइले थाहा पाई सक्नु भएको छ कि किन प्लेनमा तरल पदार्थ निषेध गरिएको हो ? मेटल डिटेक्टरले तरल पदार्थमा लुकाइएको घातक चिजहरु पत्ता लगाउन सक्दैन त्यसले तरल पदार्थमा लुकाएर कुनै पनि शंकास्पद वस्तु प्लेन भित्र लैजान सम्भव नहोस र सुरक्षा व्यवस्थामा कुनै कमजोरी नदेखियोस भन्नको लागि प्लेनमा तरल पदार्थ लैजान निषेध गरिएको हो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”2573″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button