काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । देशभरका सातवटै प्रदेशका शाखाहरुको लागि बैंकले ५६२ जना कर्मचारी पदपूर्ति गर्न विज्ञापन गरेको हो । बैंकले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत भाद्र ३० गतेदेखि दरखास्त भर्न आह्वान गरेको छ । दरखास्त दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ ।