अन्यमनोरञ्जनसमाचार

फ्रेण्ड्स क्लबसँग १-० ले च्यासल पराजित -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेण्ड्सको जितमा उत्तम राई नायक बने । उनले खेलको ८४औँ मिनेटमा गरेको एक गोल नै फ्रेण्डसका लागि निर्णायक गोल सावित भयो ।

फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक बल च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गर्न सफल भएका हुन् । खेलमा फ्रेन्ड्सका गोलकर्ता उत्तम राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले नौ खेलमा ११ अङ्क जोडेको छ । त्यस्तै पराजित च्यासल समान नौ खेलबाट नौ अङ्कसहित लिगको दशौँ स्थानमा छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”4154″] [irp posts=”4157″] [irp posts=”4161″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button