Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय: यी हुन हार्ट हेल्दी प्रोटीन…

एजेन्सी । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ । गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाकारमिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन् ।

यी हुन हार्ट हेल्दी प्रोटीन

-चिया बीज
नेशनल लाइब्रेरी अफ मेडिसिन द्वारा प्रकाशित अध्ययनको अनुसार चिया सीड्स, फ्लेक्स सीड्स ९आलस०, हेम्प सीड्स ९भाङ० र पंपकिन सीड्समा उचित मात्रामा प्रोटीन पाइन्छ । यी प्रोटीनमा ओमेगा थ्रि फैट पनि हुन्छ । जर्नल अफ द अमेरिकन कलेज अफ न्यूट्रिसियन्ट द्वारा सन् २०१८ मा प्रकाशित एक स्टडीको अनुसार यसमा पाइने फाइबर र अन्य पोषक तत्व हृदयको लागि निकै फाइदाजनक हुन्छ ।

-टोफू
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसिन द्वारा प्रकाशित एक स्टडीको अनुसार सोया प्रोटीनबाट बनेको टोफूको सेवनले ब्याड कोलेस्ट्रोल लेवललाई नियन्त्रित गर्न में मद्द मिल्छ। यसको साथै यसले ओमेगा थ्रि फ्याटी एसिड प्रदान गर्छ जुन हृदयको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

सरकुलेशन द्वारा प्रकाशित एक रिभ्यूको अनुसार हप्तामा एक पटक टोफू सेवन गर्दा मुटु सँग सम्बन्धित समस्याको खतरलाई कम गर्न सकिन्छ। धेरै अध्ययनहरुले टोफूमा पाइने एन्टीअक्सीडेन्ट एन्टी इन्फ्लेमेटरी इफेक्टले मुटुलाई स्वस्थ बनाउछ भनेर जानकारी दिइएको छ ।

-माछा
हार्ट फ्रेन्डली प्रोटीन युक्त खाद्य पदार्थको कुरा गर्दा माछालाई सर्वश्रेष्ठ मानिन्छ। यसको सेवन कार्डियोभ्यास्कुलर समस्याको लागि निकै फाइदाजनक हुन्छ । टूना र स्यालमोन हृदय स्वास्थ्यको लागि ज्यादा फाइदाजनक हुन्छ ।

टूनामा पर्याप्त मात्रामा प्रोटीनको साथ ओमेगा थ्रि फ्याटी एसिड पनि पर्याप्त मात्रा पाईन्छ र यो मुटुको स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । यसको साथै यसले भिटामिन बि १२ भिटामिन डी, नियासिन र सेलेनियम जस्ता महत्वपूर्ण पोषक तत्व प्रदान गर्छ।

स्यालमोनमा पनि ओमेगा थ्रि फ्याटी एसिड को मात्रा पाईन्छ यसको साथै यो फोस्फोरस, पोटासियम, सेलेनियम, भिटामिन बी ६, भिटामिन बि १२, भिटामिन डी को राम्रो स्रोत हो । यी सबै पोषक तत्व मुटुको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

-लो फ्याट प्लेन योगर्ट
हाई फ्याट डेरी प्रडक्ट जस्तै ९दहि० योगर्टमा स्यारेटेड फ्याट ज्यादा मात्रामा पाईन्छ त्यसैले यसको अधिक मात्रामा सेवनले जसले मुटुको स्वास्थ्यलाई हानि पुर्याउछ । तर लो फ्याट प्लेन योगर्ट हार्ट फ्रेन्डली प्रोटीन प्राप्त गर्ने एक राम्रो विकल्प हो। यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता महत्वपूर्ण पोषक तत्व पाइन्छ जुन ब्लड प्रेसरलाई नियन्त्रित राख्दै मुटुको धड्कनलाई पनि सन्तुलित गर्छ ।

-कालो भटमास
कालो भटमास र राज्मा जस्ता सुपरफूडहरु प्लान्ट बेस्ड प्रोटीनको स्रोत हो । साथै यसमा सोल्युबल फाइबर पनि पर्याप्त मात्रामा पाईन्छ । यसको सेवनले ब्लड कोलेस्ट्रोलको लेबल र ब्लड प्रेसरलाई सन्तुलित गर्न मद्दत गर्छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसियनको अनुसार यसमा हार्ट हेल्दी मिनरल्स जस्तै पोटासियम, जिंक र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ। यसको सेवनले शरीरले पर्याप्त मात्रामा प्रोटीन पाइन्छ साथै मुटुको स्वास्थ्यलाई पनि सन्तुलित राख्नको लागि मद्दत गर्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button