Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो भर्टिगो ? भर्टिगोबाट कसरी बच्ने ? हेर्नुहोस्

एजेन्सी । कुनै पनि किसिमको टाउको दुखाइका लक्षणहरुलाई हेडएक भनिन्छ । भर्टिगो भन्नाले रिङ्गटा लाग्ने र टाउको दुख्ने समस्या हो । टाउको दुख्ने र रिङ्गटा लाग्ने रोग अथवा त्यस प्रकृतिको समस्यालाई नै हेडएक एण्ड भर्टिगो भनिन्छ । यो समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। सामान्यतयाः हेडएक एण्ड भर्टिगो सबै उमेर समूहका मानिसलाई हुन्छ । एकदमै सानो बच्चा जसले बोल्न पनि थालेको हुदैन उनीहरुमा पनि यो समस्या हुन सक्छ तर उनीहरु भन्न सक्दैनन् ।

कुनै पनि मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या हुन सक्छन् । केही सामान्य कार्यहरु गर्दा वा चुप लागेर बस्दा पनि टाउको दुखाइ अथवा रिङ्गटा लाग्ने कुराहरु भइरहेका हुन्छन् जसलाई हामी हेडएक एण्ड भर्टिगो भन्छौ ।

लक्षणहरु
— बेला बेलामा टाउको दुख्नु
—ज्वरो आउनु
—रिङ्गटा लाग्नु
—अचानक घुमेको जस्तो महसुस हुने
—आँखा हेर्न नसक्नु
—काम गर्न नसक्नु
—वाकवाकी लाग्नु

रिङ्गटा लाग्ने समस्यामा हामीले केही कुरामा ध्यान दिनु पर्छ। आफै घुमेको जस्तो हुने अथवा आफ्नो वरिपरिको कुराहरु घुमेको जस्तो महसुस हुने यी दुई कुराहरुमध्ये कुनै पनि कुरा मिल्न आएमा यसलाई भर्टिगो भन्न सकिन्छ। विशेष रुपमा कुनै मान्छेलाई भर्टिगो भइरहेको छ, रिङगटा लागेको छ भने उसले आफ्नो दैनिक क्रियाकलाप केही पनि गर्न सक्दैन्, आँखाहरु हेर्न नसक्ने, कामहरु गर्न नसक्ने समस्या आउने गर्छ। अरु लक्षणहरु जस्तै भोमेटिङ पनि भइरहेको हुन सक्छ ।

भर्टिगो हुँदा मस्तिष्क, कानको भित्री भाग, आँखाजस्ता अंगहरुमा ध्यान दिनुपर्ने हुन्छ । यसले स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । बिरामी अवस्थामा यो घातक हुन्छ तर, उपचार सम्भव छ ।

भर्टिगोबाट कसरी बच्ने ?

सबैभन्दा पहिला के कुराले भर्टिगो भइरहेको छ भन्ने कुरा जान्न आवश्यक छ । त्यसको कारण बुझ्नुपर्छ । कारण थाहा हुँदा त्यसको निगरानी र उपचार भर्टिगोको समस्या सुरु हुनु भन्दा अगाडी गर्न सक्छौं । कानको कुनै समस्या छ कि छैन, आँखाको कुनै समस्या छ कि छैन, मस्तिष्क सम्बन्धी कुनै समस्या छ कि छैन आदि कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

हाम्रो शरीरमा इलेक्ट्रोलाइट्स चेन्ज भइरहेको हुन्छ, शरीरमा सोडियम, पोटासिएम, क्यालसियमजस्ता कुराहरुमा कुनै चेन्ज आएको छ कि छैन भन्ने कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ। यी कुराहरु हामीले थाहा पायौँ भने भर्टिगाको समस्याबाट हामी बच्न सक्छौँ । रोगको कारण पत्ता लाग्यो भने यसको उपचार सम्भव छ ।

भर्टिगो कानको रोगको कारणले भएको हो भने कानको उपचार गर्नुपर्छ । यस्तो अवस्थामा कानभित्र ल्याब्रिन, इन्टर्नल एयर र एक्स्ट्रर्नल एयरको उपचार गरिन्छ। त्यसपछि अन्य बायोकेमिकल इभेन्टसहरुको कारण भर्टिगो भएको छ भने त्यसको उपचार गर्नु पर्छ। मुटुको चाल गतिको कमी भएर, ब्रेनमा केही इन्जुरीको कारण भर्टिगो भई रहेको छ भने त्यसको उपचार पूर्ण रुपमा गर्न सकिन्छ । कारण पत्ता लगाउन सकिएन भने यो रोगबाट मुक्ति पाउन अत्यन्तै गाह्रो हुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button