शिक्षा स्वास्थसमाचारसूचना प्रविधि

नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक

Gobal IME Bank

nepal telecom
नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।

नेपाल टेलिकमले दिन डाटा प्याकहरू निकै उपयोग रहेका छन्। दैनिक ९ रुपैयाँमा ६५ एमबी डाटा प्रयोग गर्ने सुविधा छ भने सामाजिक सञ्जाल चलाउनका लागि र भिडियो स्ट्रिमिङ गर्नका लागि पनि विभिन्न प्याकका योजना टेलिकमले अघि सारेको छ। यसमा अल टाइम डाटा प्याकलगायतका उत्कृष्ट डाटा प्याक पनि रहेको छ। कम्पनीले प्रदान गरिरहेका डाटा प्याकहरू यस्ता छन् :

वान डे डाटा प्याक

यस प्याकअन्तर्गत जीएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एक दिनका लागि ९ रुपैयाँमा ६५ एमबी डाटा लिन सकिन्छ। यो अफर लिएको २४ घण्टासम्ममा प्रयोग गर्न सकिन्छ।

१ जिबि प्रतिदिन डाटा प्याक

जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अलटाइम प्याक प्रयोग गर्न सकिन्छ। प्याकअन्तर्गत ४५ रुपैयाँमा १ दिनसम्म १ जिबि डाटा, २५० रुपैयाँमा ७ दिनका लागि ७ जिबि डाटा र ८५० रुपैयाँमा २८ दिनका लागि २८ जिबि डाटा प्याक लिन सकिन्छ।

अनलिमिटेड १ घण्टे प्याक

जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एक घण्टाका लागि अनलिमिटेड प्याक प्रयोग गर्न सकिन्छ। २० रुपैयाँमा एक घण्टाका लागि अनलिमिटेड भ्वाइस, एसएमएस र डाटा चलाउन सकिन्छ। यो प्याकको एसएमएस र भ्याइस प्याकको प्रयोग एनटिसीका सिम प्रयोगकर्तासँग मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

अलटाइम डाटा प्याक

एनटिसीका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताले अलटाइम डाटा प्याकको मज्जा लिन सक्छन्। यो प्याकअन्तर्गत १२ रुपैयाँ एक दिनका लागि २८ एमबी डाटा, २५ रुपैयाँमा एक दिनका लागि १०० एमबी डाटा, ३० रुपैयाँमा ३ दिनका लागि ९० एमबी डाटा र ६० रुपैयाँमा ७ दिनका लागि २५० एमबी डाटा लिन सकिने छ।

त्यस्तै, १०० रुपैयाँमा ७ दिनका लागि ५०० एमबी डाटा, २४० रुपैयाँमा २८ दिनका लागि १५० एमबी डाटा, ५०० रुपैयाँमा २८ दिनका लागि ४५० एमबी डाटा र ९९० रुपैयाँमा ४२ दिनका लागि १२२८८ एमबी डाटा लिन सक्ने सुविधा पनि टेलिकमले दिएको छ। यो सुविधा लिनका लागि DATA पछि आफूले लिन चाहेको प्याक उल्लेख गरेर १४१५ मा एसएमएस पठाउन सकिने टेलिकले जनाएको छ।

नाइट डाटा प्याक

एनटिसीका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताले कम्पनीले नाइट टाइम डाटा प्याक पनि ल्याएको छ। जसअन्तर्गत ९ रुपैयाँमा एक रातका लागि १२५ एमबी डाटा प्याक, २५० रुपैयाँमा २८ रातका लागि ५००० एमबी डाटा लिएर प्रयोग गर्न सकिन्छ। यसका लागि Nightपछि आफूले लिन चाहेको प्याक उल्लेख गरेर १४१५ मा म्यासेज पठाउन सकिन्छ। यो सेवा राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ।

अनलिमिटेड नाइट डाटा प्याक

एनटिसीका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताले अनलिमिटेड नाइट डाटा प्याकको मज्जा लिन सक्छन्। यो प्याकअन्तर्गत १५ रुपैयाँमा एक रातकालागि डेली अनलिमिटेड प्याक लिन सक्छन्। त्यस्तै ८५ रुपैयाँमा एक हप्ताका लागि विक्ली अनलिमिटेड प्याक लिएर फुल स्पिडमा डाटा इन्टरनेटको मज्जा लिन सकिन्छ। यो सेवा राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ।

सोसियल मिडिया प्याक

एनटिसीका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि एनटिसीले सामाजिक सञ्जाल प्याकको सुविधा पनि दिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता डाटा प्याक प्रयोग गर्न सक्छन्। जसअन्तर्गत ६ रुपैयाँमा एक दिनका लागि ३६ एमबी सामाजिक सञ्जाल प्याक उपलब्ध छ।

त्यस्तै, ३० रुपैयाँमा ३ दिनका लागि १९० एमबी सामाजिक सञ्जाल प्याक लिन सकिन्छ भने ६० रुपैयाँमा ७ दिनका लागि ४०० एमबी सामाजिक सञ्जाल प्याक लिन सकिन्छ। यो प्याक फेसबुक इन्स्टाग्राम ह्वाट्स एस र ट्विटरजस्ता सामाजिक सञ्जाल चलाउनका लागि प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

स्ट्रिमिङ डाटा प्याक

एनटिसीका जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि कम्पनीले स्ट्रिमिङ डाटा प्याकको पनि सुविधा दिएको छ। यस प्याकअन्तर्गत १२ रुपैयाँमा एकदिनका लागि १५० एमबी, ३० रुपैयाँमा ३ दिनका लागि ४०० एमबी र ६० रुपैयाँमा ७ दिनका लागि ९०० एमबी डाटा लिन सकिन्छ। यो प्याक अन्तर्गत दिएको डाटा युट्युब भिडियो र वाउटाइम एपबाट लाइभ भिडिय स्ट्रिमिङ गर्न प्रयोग गर्न सकिने एनटिसीले जनाएको छ।

गुड न्यूज डटकम डट एनपी
goodnews.com.np

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button