मनोरञ्जनसमाचार

‘पशुपति प्रसाद २: भष्मे डन’ को अन्तर्राष्ट्रिय प्रदर्शन पक्का

Pashupati Prasad 2

Gobal IME Bank

काठमाडौँ । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को अन्तर्राष्ट्रिय रिलिज तय भएको छ । विदेशमा ३ हजारभन्दा बढी शो गर्ने तयारी सहित सेभेन सीजले फिल्मको अन्तर्राष्ट्रिय राइट किनेको हो । सोमबार निर्माण कम्पनी टुकी आर्टस् र सेभेन सीजबीच अन्तर्राष्ट्रिय प्रदर्शन सम्बन्धी सम्झौता भएको छ ।

यसको जानकारी टुकी आर्टस्ले एक विज्ञप्ति मार्फत दिएको छ । ‘अमेरिकामा १ हजारदेखि १२ सय शो, क्यानडामा १ सय ५० शो, बेलायतमा ५ सय शो, अस्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७ सय ५० शो, जापानमा १ सय शो र युरोपका विभिन्न देशमा ५० शो गर्ने तयारी भइरहेको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘भारत, दक्षिण कोरिया, मलेसिया, इराक तथा हङकङमा पनि फिल्म प्रदर्शन हुने छ ।’ विज्ञप्तिमा नेपाली चलचित्रको इतिहासमा ‘पशुपति प्रसाद २’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठुलो हुने दाबी गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्री थापा लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको पनि अभिनय देख्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button