अन्यसमाचार

स्याङ्जामा बायोग्याँस प्लान्ट प्रभावकारी बन्दै

Gobal IME Bank

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो ।  सार्वजनिक शौचालय निर्माणका लागि उपयुक्त स्थानमा जग्गा फेला नपरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कार्यालय परिसरमा सार्वजनिक शौचालय निर्माण गरी त्यहीँबाट बायोग्याँस निकालिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।

प्रहरी कार्यालयको जग्गामा दुईतिर फर्काएर सार्वजनिक शौचालय निर्माण गरिएको छ । कम्पाउण्डभित्रपट्टिको शौचालय प्रहरी तथा कार्यालयमा जाने सेवाग्राहीले र कम्पाउण्डभन्दा बाहिरपट्टि फर्किएको शौचालयमा अन्य सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् । “नगरपालिकाले ३३ लाखको लगानीमा प्रहरी र सर्वसाधारणका लागि निर्माण गरेको शौचालयबाट बायोग्याँस उत्पादन हुने गरेको छ र यो प्लान्ट गण्डकी प्रदेशमै पहिलो नमूना र प्रभावकारी बन्न पुगेको र यसले सहज भएको नगरप्रमुख क्षेत्रीले बताउनुभयो ।

अब छिट्टै जिल्ला कारागार स्याङ्जामा सोही किसिमको प्लान्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको छ ।” प्रहरी कार्यालय परिसरमा निर्माण भएको बायोग्याँस प्लान्टले ७०÷८० जनालाई दैनिक खाना पकाउन सहज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
“पहिले सिलिण्डर ग्याँसको प्रयोग गरेर मेस चलाउनुपर्ने अवस्था थियो”, प्रहरी प्रवक्ता भण्डारीले भन्नुभयो, “बायोग्याँस प्लान्टले सिलिण्डर किन्ने खर्च बच्नुका साथै छिटो छरितो र सहज भएको छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button