शिक्षा स्वास्थसमाचार

स्वास्थ्य सामग्री धनगढी आइपुग्यो- GoodNews24

Gobal IME Bank

धनगढी । कोरोना रोकथाम र निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणसहितका सामग्री  सोमवार आइपुगेको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आज धनगढी पुगेको प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले  बताउनुभयो ।

आइपुगेका सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सकले लगाउने एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिआइ, गाउन), ९६० थान मास्क, १० थान थर्मामिटर, पञ्जा र सामान्य मास्क रहेका छन् । यी सामग्री आवश्यक देखिएका जिल्लामा पठाउने व्यवस्था गर्न लागिएको छ ।

                                               कोभिड– १९ बारे ‘वेभ पोर्टल’:

कोभिड–१९ का बारेमा धनगढी उपमहानगरपालिकाले ‘वेभ पोर्टल’ मार्फत जानकारी दिन थालेको छ । उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजनाको समन्वयमा आजदेखि आधिकारिक वेभ पोर्टल प्रारम्भ गरिएको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

पोर्टल https://dhangadhi.susasan.org/covid19 रहेको छ । पोर्टलमा कोरोना भाइरसको रोकथाम तथा निगरानीलगायतका सम्बन्धमा जानकारी दिन थालिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button