मनोरञ्जन

१३ औं सागको समापन – प्रधानमन्त्रीको सन्देश

Gobal IME Bank

मंसिर १५ देखि काठमाडौं, पोखरा र जनकपुरमा सुरु भएको १३ औं दक्षिण एसिया खेलकुद साग पाकिस्तानलाई आयोजना अधिकार सुम्पँदै नौ दिन पछि मंगलबार सफलता पुर्वक समापन गरिएको छ । मंगलबार साँझ दशरथ रंगशालामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरेका हुन् ।

मंगलबार खेल समापनपछि भिडिओमार्फत् प्रधानमन्त्री ओलीले साग सफलतापुर्वक सफल पार्न सहयोग गर्ने र खेलमा सहभागी भएका सम्पूर्ण खेलाडि प्रति आभार व्यक्त गर्दै संदेश दिएका छन् । संदेशमा प्रधानमन्त्रीले भने ,दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ । ‘हामीले २०१६ मा आयोजनाको जिम्मा लिँदा देश भूकम्पले थिलथिलिएको थियो । तर वीर गोर्खालीले हिम्मत हारेन, सबैको साथ र सहयोगले यो सम्भव भयो,’ उनले थपे, ‘चार महिनाअघि मेरो नियुक्ति भएकै दिन दुईपल्ट मिति सरिसकेको १३ औं साग निर्धारित समयमा गर्ने प्रतिबद्धता पूरा गरेको छु, छोटो समयमा धेरै काम सम्पन्न गरी आयोजना समयमै सम्पन्न गर्न सकेका हौं ।’

१३ औं दक्षिण एसिया खेलकुद सागको सम्पूर्ण खेल सकिदा नेपाल ले कुल एकाउन स्वर्ण हासिल गर्न सफल भएको छ । ३ सय १६ स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपाल अंकतालिकामा दोस्रो स्थानमा रह्यो । समग्र व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ प्रशस्तै रहे पनि १३ औं साग उपलब्धिको हिसाबमा सफल भएको छ ।

यसका साथै, खेलमा सहभागिता जनाएका राष्ट्र,प्रशिक्षक र खेलाडीलाई समेत उनले धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु ।

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु । अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु ।

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ्यका कारण उपस्थित हुन नसकेपछि सरकारको प्रतिनिधित्व गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागको सफल आयोजनापछि नेपालले आफ्ना छिमेकीमाझ खेलकुदको माहोल र संस्कार पेश गर्न सफल भएको बताए । ‘नेपालबाटै सुरु भएको ३५ वर्षपछि नेपालमै भएको यो ऐतिहासिक आयोजना सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सबै देशका खेलाडी, व्यवस्थापक र अफिसियल लगायत स्थानीय स्तरबाट सहयोग गर्नेहरू सबैलाई सरकारको धन्यवाद,’ लिखित मन्तव्य वाचन गरेका पोखरेलले बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button