मनोरञ्जनसमाचार

स्वर्ण पदक जित्नेलाई सरकारले ९ लाख दिने घोषणा

Gobal IME Bank

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ र दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् । बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली रजत जित्ने खेलाडीहरुलाई प्रतिब्यक्ति ६ लाख र कास्य जित्ने खेलाडीहरुलाई प्रतिब्यक्ति ३ लाख दिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही ५ लाख रुपैयाँ दिने जनाउनुभएको छ ।

पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने बताइएको छ । त्यसोत, प्रधानमन्त्री ओलीले मंगलबार दशरथ रंगशालामा भएको १३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने बताउनुभएको थियो । साथै उहाँले सबै विजेता खेलाडीहरुलाई बधाईका लागि बालुवाटार आउन आग्रहसमेत गर्नुभएको थियो । मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button