समाचार

अब अनलाइनबाट ‘ट्याक्सीमान्डु’ खोज्नुस्

Gobal IME Bank

२७ मंसिर, काठमाडौँ । इन्टरनेटको जमानाले सबै कुरालाई अनलाइनबाट गर्न सम्भव बनाइदिएको छ । पछिल्लो समय यात्रुहरुको सहजताका लागि विभिन्न एपहरु सञ्चालनमा आएका छन । पठाओ टुटल जस्ता एपले बाइक मार्फत यात्रुलाई सहज र छिटो गन्तब्य स्थान पुराइरहेको अवस्थामा यात्रु र ट्याक्सी चालककै सहजताको लागि अर्को नयाँ एप्स सार्वजनिक गरिएको छ जसले मानिसको दैनिक यात्रालाई अझ सहज बनाउने छ । यस्तै यस्तै एपहरुको भिडमा बिहीबार एउटा नयाँ एप ‘ट्याक्सीमाण्डु’ सार्वजनिक गरिएको हो । ‘फील सेफ राइड अन टाइम’ नाराको साथ सो एप्स संचालन गर्न लागिएको हो । यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय कायम गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । ट्याक्सी चालकहरुको ग्राहक खोज्दै भौतारिनुपर्ने र यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको सामाधान यो एपले गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै अनलाइन ट्याक्सी बुक गर्न सक्नेछन् । यसका लागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टाछुट्टै एप प्रयोग गर्नु पर्ने हुन्छ । आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर चालकले ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नुपर्नेछ । उपत्यकामा आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले धेरै जसो ट्याक्सीको प्रयोग गर्ने गर्छन । उनिहरुको लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने भएकाले भिजिट नेपाल २०२० का लागि पनि यस एप ले पूर्णरुपमा सहयोग गर्नेछ। अर्जुन केसीले संचालन गर्न लागेको यस एपले अव ट्याक्सी चालक र यात्री विच हुने बार्गेनिङ्गको झन्झटको पनि अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button