मनोरञ्जनसमाचार

करिब चार वर्षअघि निर्माण भएको ‘नीरफूल’ आगामी जेठ १९ गते प्रदर्शनमा आउँदै

Gobal IME Bank

काठमाडौं । करिब चार वर्षअघि निर्माण भएको चलचित्र ‘नीरफूल’ आगामी जेठ १९ गते प्रदर्शनमा आउने भएको छ । फूलमान बल निर्देशित फिल्म यसअघि २०७६ सालको चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो तर कोरोनाका कारण चलचित्र प्रदर्शनमा आउन सकेको थिएन् । फिल्म भूकम्पको कथामा आधारित छ ।

फिल्ममा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङ लगायतको अभिनय छ भने म्यानमारका तत्कालिन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापा विशेष भूमिकामा छन् । धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञानलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

चलचित्रमा फूलमान तथा सचिन घिमिरेको पटकथा छ ।

भूकम्पले हराएका श्रीमती र छोरी खोज्न दयाहाङको चरित्रले गर्ने संघर्षमा चलचित्र आधारित छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button