मुख्य समाचारसमाचार

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की अदालत जाने

Gobal IME Bank

काठमाडौं । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध राष्ट्रीय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्की अदालत जाने भएकी छन् । कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु आयोगको निर्णय विरुद्ध अदालत जाने बताएकी हुन् । आयोगले एक विज्ञप्तीमाफर्त कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भए लगत्तै कार्कीले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन् । आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोष्ट गर्दैछु ।

उनले उम्मेदवारी दिनु अघि नै कानुनविद्सँग छलफल गर्दा नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको भन्दै यस बारेमा मनोनयन दर्ता गर्नु अघि नै आफुले निर्वाचन आयोगले यस बारेमा जानकारी गराए पनि आयोग त्यस निवेदनबारे उक्त समयमा मौन बसेर अहिले उम्मेदवारी खारेज गर्ने निर्णय गर्नुले आयोगको निष्पक्षतमा शंका व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्- २०७९ भदौ २८ गते (मनोनयनको २५ दिन अगाडी नै) एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ । तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यको मतले नीतिनिर्माणमा पुगेकोले ति मतलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो । समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।

उनले आफ्नो पक्षमा ललितपुर क्षेत्र नम्बर ३ मा राम्रो माहोल देखेपछि निर्वाचन परिणाम फरक पार्नेगरी आएको आयोगको निर्णयका विरुद्ध आफु अदालत जाने भन्दै आफ्ना मतदातालाई विचलित नभएर निरन्तर साथ दिन पनि सामाजिक सञ्जालमार्फत नै आग्रह पनि गरेकी छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button