मुख्य समाचारसमाचार

अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडान बन्द

Gobal IME Bank

काठमाडौं । देशभर सबै प्रकारका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि सरकारले बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको बताईएको छ ।

आइतबार पोखराको सराङकोटमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएको थियो । सो घटनापश्चात प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button