शिक्षा स्वास्थसमाचार

पीस लिली: सास सम्बन्धि समस्या भएकाका लागि लाभदायक

Peace Lily!

Gobal IME Bank

पिस लिली अर्थात् स्पाथिफिलम घरभित्र रोप्न मिल्ने फूल हो । यो फुल घरबाहिर पनि रोप्ने गरिन्छ। पिस लिलीमा हावालाई शुद्ध गर्न सक्ने विशेष गुण हुन्छ । नासाले गरेको रिसर्च अनुसार पिस लिलीले घरमा एयर प्युरीफायरको काम गर्छ । यो विरुवाले ट्राईक्लोरोइथीलीन, बेंजीन, जमइलीन, फर्मेल्डेहाइड, टोल्यूनि र अमोनिया जस्ता अशुद्ध वायुलाई शुद्ध गरि हामीलाई अक्सिजन प्रदान गर्छ । यो विरुवाको आयु सामान्यतया ३ देखि ४ वर्ष हुन्छ ।

हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले पनि यो फूललाई घरभित्र सजाउन उपयुक्त मानिन्छ । जाडो मौसमबाहेक अरु जुनसुकै बेला पिस लिलि रोप्न सकिन्छ तर यसका उपयुक्त समय भनेको वसन्त ऋतु नै हो । यो बिरुवा छिटो बढ्ने भएकाले यसलाई लगभग एक वर्षपछि अर्को गमलामा सार्नुपर्ने हुन्छ । सम्भव भएसम्म गमला ठूलो हुनुपर्छ । किनभने यो विरुवा झाँगिएर जान्छ । जाडोयाममा भने यो फूल सार्नु उपयुक्त हुँदैन । यो विरुवा कोकोपिट, माटो र कम्पोस्ट मल मिसाएर त्यसमा रोप्नुपर्छ । सामान्य माटोमा रोप्दा यो बिरुवा सप्रिन सक्दैन । यो इन्डोर बिरुवा हो, जसलाई घाममा राख्नुपर्दैन । घाममा राखेको खण्डमा पातहरु सुकेर झर्ने गर्छ । यसको लागि लाइट मात्र भए पुग्छ । यो विरुवालाई उज्यालो कोठामा राख्दा राम्रो हुन्छ ।

यो फुललाई पानीको धेरै आवश्यकता पर्दैन । गर्मी मौसममा ३, ४ दिनमा एकपटक पानी दिए पुग्छ भने जाडो महिनामा १०, १२ दिनमा एकपटक सिंचाई गरे हुन्छ । बोटलाई हरियो बनाइराख्न नाइट्रोजन, पोटासियम र फस्फोरस एनपीकेको मिश्रण जरामा छर्कनुपर्छ । हप्तामा वा १५ दिनको एकचोटि एनपीके छर्कनुपर्छ । साथै यसमा भएका सुकेका पातहरु निकालिनुपर्छ । यो फूल कुन समयमा फुल्छ भन्ने समयावधि हुँदैन । यसको स्याहार गर्ने विधिमा भरपर्छ ।  यो फूल समान्यतया वर्षमा दुईदेखि तीन पटक फुल्ने गर्छ। यो फूल एउटा पात जस्तो सेतो प्रकारको फूल हो ।

यसका ठूल्ठूला पातहरू हुन्छन् । पात १२ देखि ६५ सेन्टिमिटर लामो र ३.२५ सेन्टिमिटर चौडा भएका हुन्छन् । फूलहरू १० देखि ३० सेन्टिमिटर लामो, सेतो, पहेंलो वा हरियो रंगले घेरिएको हुन्छ । यसमा अरु बिरुवाको तुलनामा विषादी बढी हुन्छ । त्यही भएर यसलाई छोएपछि हात धोएर मात्र खाना खानुपर्छ  । नभए एलर्जी वा अरु कुनै असर गर्न सक्छ । साथै यसलाई घरपालुवा जनावरबाट पनि टाढा राख्दा राम्रो हुन्छ ।-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button