शिक्षा स्वास्थसमाचार

‘आरु’ छालादेखि मुटुसम्मलाई फाइदाजनक…

Gobal IME Bank

काठमाडौँ । आरुलाई वैज्ञानिक भाषामा पर्सिका भनिन्छ । आरु नर्थवेस्ट चीनको नेटिभ फल हो । आरुको धेरै स्वास्थ्य लाभहरु छन् । यसले छाला राम्रो बनाउँछ, हाम्रो प्रतिरक्षा प्रणाली बुस्ट गर्छ र दृष्टि राम्रो बनाउँछ । रोमन भाषामा आरुलाई ‘ पर्सियन एप्पल ’ भनिन्छ । आरु सुन्दर , सुगन्धित र स्वादिलो फल हो जसमा धेरै पोषक तत्वहरु जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट र बायोफ्लेभोनोइड्स पाइन्छ । यी पोषक तत्वहरुले हाम्रो स्वास्थ्यमा धेरै लाभ दिन्छ ।

१) आरुमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ
ब्राजिलियन स्टडीको अनुसार आरु एन्टिअक्सिडेन्ड पाइने स्रोत हो । आरुमा क्लोरोजेनिक एसिड, फेनोलिक, लुटिन, जियाजनथिन र बेटा क्रिप्टोजाथिन इत्यादि एन्टिअक्सिडेन्टहरु पाइन्छ जसले हाम्रो स्वस्थ एजिङ र विभिन्न रोगहरुबाट बचाउने गर्छ ।

२) फाइबरको स्रोत
आरु प्रशस्त मात्रामा फाइबर पाइने स्रोत हो । फाइबरले तौल घटाउनको लागि मद्दत गर्छ र आरुले तृप्तिलाई पनि कम गर्छ । अमेरिकन स्टडीमा उल्लेख गरे अनुसार डाइटरी फाइबरको लागि खानामा आरु जस्तो फाइबर प्राप्त हुने फलफुलहरु खाँदा हाम्रो मोटोपना कम गर्नको लागि मद्दत गर्छ । फाइबरले उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको रोगीमा सुगर लेभल कम गर्नको लागि पनि मद्दत गर्छ । फाइबरबाट अरु पनि धेरै स्वास्थ्य लाभहरु पाइन्छ ।

३) क्यानसर रोक्नको लागि मद्दत गर्छ
आरुमा पाइने पोलिफेनोलले ब्रेस्ट क्यान्सर सेल्सहरुलाई बढ्नबाट रोक्छ । कोलोन क्यान्सर सेल्सलाई पोलिफेनोलले बढ्नबाट रोक्छ । आरुमा अर्को यौगिक केफिक पनि पाइन्छ यो यौगिकले पनि ब्रेस्ट क्यान्सर र कोलोन क्यान्सरलाई बढ्नबाट कम गर्छ । आरुमा २ एन्टी क्यान्सर प्रोर्पटि क्लोराजेनिक र नियोक्लोरोजेनिक एसिड पाइन्छ यी यौगिकहरुले क्यान्सर सेल्सहरुलाई मार्नमा मद्दत गर्छ ।

४) छालालाई राम्रो बनाउँछ
आरुमा प्रशस्त मात्रामा भिटामिन इ पाइन्छ जसले हाम्रो छालालाई राम्रो बनाउँछ । यसले हाम्रो कमप्लेक्सनलाई पनि राम्रो बनाउन मद्दत गर्छ । आरुमा पाइने भिटामिन सि ले चाउरीपना कम गर्छ , छालाको टेक्सटरमा सुधार ल्याउँछ र हाम्रो छालालाई घाम र प्रदुषणबाट सुरक्षा गर्छ ।

५) मुटुको लागि राम्रो
आरुमा बायोएक्टिभ यौगिकहरु पाइन्छ जसले मुटुको रोगहरुको जोखिमलाई कम गर्छ । चिनी भएको जुसको सट्टा फ्रेस फलफुल जस्तै आरु जसमा पोलिफेनोल प्रशस्त मात्रामा पाइन्छ यसप्रकारको फ्रुट जुस पिउँदा हामीलाई मुटुको रोगहरुबाट संक्रमण हुने जोखिम कम हुन्छ । आरुमा पाइने भिटामिन सि फाइबर र पोटासियम मुटुको स्वास्थ्यमा धेरै लाभ प्राप्त हुन्छ । आरु उच्च रक्तचापलाई कम गर्नको लागि फलो गरिने ड्यास डाइटको महत्वपुर्ण फल पनि हो ।आरु ब्रेकफास्टमा दहीमा मिसाएर, स्मुदिमा मिसाएर, जुस बनाएर खाँदा फाइदा जनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button