समाचार

मुग्लिन-पोखरा सडकमार्ग चार लेनमा बिस्तार गरिदै

Gobal IME Bank

pokhara-roadकाठमाडौं– सडक साघुरो भएर जाम को सास्ती खेपिरहनु पर्ने पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराउने भएको छ ।

दुइ लेन सडकलाइ फराकिलो र लामो यात्रा सहज बनाउनको लागि सडक बिस्तार कार्यको योजना बनाइएको हो , जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण प्रदान गर्ने भएको छ सडक बिस्तारको लागि करिब १९ करोड ५० लाख ऋण उक्त बैंक ले उपलब्ध गराउने भएको हो । एडिबीको प्रधान कार्यालयबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको बिस्तार अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।

विस्तारित गर्न लागिएको उक्त सडकमा सुरक्षाका लागि , वार्निंग लाइट सिस्टम समेत जडान गरिने एसियाली बिकास बैंकले बिज्ञप्तिमा उल्लेख गरेको छ । सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्यान सहज मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

यो आयोजना सम्पन्न भएपछि दुई ठूला सहरबीचको यातायातमात्र राम्रो हुनेछ साथै यसले आर्थिक गतिविधिमा पनि सुधार ल्याउने बैंकको विश्वास छ।

‘यो आयोजनाले सडकको ट्राफिक क्षमता बढाउनेमात्र होइन विश्वासनीय र सुरिक्षत सडकबाट पोखरा र काठमाडौंलाई जोड्ने छ’ एसियाली विकास बैंकका यातायात विशेषज्ञ जोन जियोगेटले भने, ‘राजमार्ग चार लेनमा विस्तार हुनेछ, यसले यात्रा र समय, यात्रा लागत घटाउने छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button