मुख्य समाचारशिक्षा स्वास्थसमाचार

बच्चाहरुको लागि फाइदानक ‘आलु’

Gobal IME Bank

एजेन्सी । एक सोधपत्रका अनुसार १ देखि ३ वर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार मानव शरीरको विकासको लागि आवश्यक पर्ने फाइबर आलुले आपुर्ति गर्छ ।

बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलको अनुसार बच्चाहरुले सबै खालको तरकारी खाने बानी बसाल्दा उनीहरुको लागि फाइदाजनक हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चाहरुको लागि धेरै जरुरी हुन्छ । त्यसको लागि सबैभन्दा उपयुक्त आलु र त्यसबाट बनेका परिकार हुनसक्छन् ।

बच्चाहरुले अरु तरकारीहरु स्वादका हिसाबले मन नपराए पनि आलु र आलुका विभिन्न परिकार भने प्राय सबैले मन पराउँछन् ।

आलुमा बच्चाहरुको शरीरको लागि आवश्यक पौष्टिक तत्वहरु जस्तै फोलेट, आइरन भिटामिन B6 र जिकं इत्यादि पाइन्छ जसले बच्चाहरुकलाई उर्जा प्रदान मिल्छ । आलुमा पाइने भिटामिन B र भिटामिन C ले बच्चाहरुको प्रतिरक्षा प्रणालि बलियो बनाउँछ । यसमा कोलाइन पनि पाइन्छ जसले मस्तिष्कको विकासको लागि अत्यावश्यक पोषक तत्व हो ।

आलुमा (रजिस्टेन्ट स्टार्च ) नामक फाइबर पाइन्छ जसले पेटको लागि आवश्यक ब्याक्टेरियाको बिकासको लागि मद्दत गर्छ र बच्चाहरुको शरीरलाई बलियो बनाउनको लागि मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button