शिक्षा स्वास्थ

आलुको फाइदाहरू

Gobal IME Bank

potato-ko-faidaharuआलु संसारभर नै उत्पादित हुने र सबैभन्दा बढि तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ । आलु उत्पादन पनि अन्य तरकारी भन्दा सहज र सस्तो पर्न आउँछ । यो जति सस्तो छ त्यति नै रुचाइएको पनि छ । अझ नेपाली भान्छामा त आलु बिनाको तरकारी प्राय निकै कम नै पकाइन्छ। प्राय मानिसलाई मनपर्ने तरकारी पनि आलु हो र आलुलाई हामी दाल , अचार र तरकारी सबैको रुपमा प्रयोग गर्न सक्छौं । आलुलाइ स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक मानिन्छ । चिकित्सकहरू पनि हरेक दिन आलु खानु जरुरी हुने कुरा बताउछन् । आलुमा पाइने फाइबर, भिटामिन, खनिज, र फाइटोकेमिकल्सले रोगलाई रोक्न र मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउन सहयोग गर्छ । आलू पहिलो पटक दक्षिण अमेरिकाको एन्डिजमा दश हजार वर्ष अगाडि पत्ता लागेको थियो । स्पेनिश अन्वेषकहरूले १६ औं शताब्दीको सुरुतिर आलुलाई युरोपमा भित्र्याएका थिए । आलु अहिले नेपाल लगायत धेरै देशहरुको सबैभन्दा ठूलो तरकारी बाली हो । हामी सधैं आलुको सेवन गर्छौं तर हामीलाई यसले हाम्रो शरीरलाई के फाइदा पुर्याउँछ भन्ने कुरा त्यति थाहा छैन ।

आलुका खानुका फाइदाहरु ।

– आलुमा औषधि जन्य गुण पनि निकै छन । आलुले सुन्निने र कब्जियत हुने समस्या कम गर्न मद्दत गर्दछ ।

– आलुमा कर्वोहाइड्रेट प्रशस्त हुने भएकाले शरीरमा शक्ति प्रदान गर्ने कार्य गर्दछ ।

– जाडोको बेला उसिनिएको आलुले शरीर तताउने र पौष्टिक उपचार गर्ने कार्य गर्दछ।

– आलुमा पाइने आइरन , फस्फोरस, क्याल्सियम, म्याग्नीशियम, र जिंकले शरीरलाई हड्डीको संरचना बलियो र शक्तिशालि बनाउन मद्दत गर्दछ। फस्फोरस र क्याल्सियम दुबै हड्डीको संरचनामा महत्त्वपूर्ण भूमिका खेल्छन ।

रक्तचाप नियन्त्रण । आलुमा पाइने पोषक तत्व क्याल्सियम र म्याग्नेसियमले हाम्रो रक्तचापलाई नियन्त्रित रुपमा राख्न मद्धत गर्छ । त्यसैले यदि तपाईलाई रक्तचापको समस्या छ भने हरेक दिन आलुको तरकारी खानु उचित हुन्छ।

मुटु स्वास्थ्य । आलुमा पाइने फाइबरले रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको सम्बन्धित रोगको जोखिम कम हुन्छ । त्यस्तै यसमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन B6 कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ ।

क्यान्सरबाट बचाउँछ । आलुमा पाइने फोलेटले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । जसले गर्दा हामीलाई ब्लड क्यान्सर हुने सम्भावना कम हुन्छ । त्यस्तै आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

मस्तिस्कको लागी फाइदाजनक । मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button