अन्यगुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थ

परिवार बलियो बनाउने उपायहरू पढ्नुहोस् । GoodNews24

Gobal IME Bank

मानिस एक्लै रहन सक्दैन । उसँग उसका परिवारहरु हुन्छन । मानिसको लागि परिवार नै सब थोक हुन्छ । परिवार महत्वपुर्ण मात्र होइन अपरिहार्य पनि छ । मानिसलाइ संसार भरको खुशी परिवारबाटै मिल्छ भने दुख पीडा र समस्या पनि परिवार भित्र नै हुन्छन । हामी सबैलाई सुखी र खुशी परिवारको चाहना हुन्छ तर कतिपय अवस्थामा हामीले चाहे जस्तो राम्रो परिवार बनाउन सकेको हुदैनौ अनि यिनै कुराले परिवारका हरेक ब्यक्तिलाई तनाव हुने अवस्था आउँछ ।
विविध कारणले पारिवारिक कलह निम्तिन सक्छ ,परिवारका सबै सदस्यहरू मिलेर आपसी समझदारी पारिवारिक कलहको कारण र समाधान पत्ता लगाउनु पर्छ । त्यसैले एक सुखी परिवारको लागि परिवार भित्रको मेलमिलाप महत्वपुर्ण हुन्छ । परिवारको सबै भन्दा बुझ्ने सबै भन्दा ठूलो ब्यक्तिले सबैलाइ समान र इमान्दार पुर्वक नेतृत्व गर्न जरुरी छ । परिवार सुखी बनाउने केही तरिकाहरु छन,

१ ) परिवारसंग समय बिताउनुस ।
हामी धेरैका लागि घर बाहिर रमाइलो गर्न, साथीसंग खाना खान, खेल्न र गफ गर्न समय हुन्छ तर आफ्नो परिवारलाई भने हामी व्यस्तताको नाउँमा बेवास्ता गर्छौ । जसले परिवारमा खुशी भन्दा पनि समस्या सृजना गर्छ । परिवारका सदस्यहरुसंग रमाइला कृयाकलापहरु गर्नुहोस, संगै खाना खानुहोस । कहिलेकाही आँफै खाना बनाउनुहोस र सबलाई खुवाउनुहोस । नमिठो होला तर सबैले हासेर नै भए पनि अविस्मरणीय मान्ने छन । कहिलेकाही स परिवार फ्लिम हेर्न, खाना खान, नयाँ ठाउँ घुम्न लिएर जानुस वा त्यसको निम्ती प्याकेज तयार गर्नुस ।

२) एकअर्कामा विश्वास गर्नुहोस ।
परिवार बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो । वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन । यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ र परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ । एकअर्काप्रति कुनै अनावश्यक शंका गर्नु हुन्न । परिवारका हरेक सदस्यलाई आफ्नो आफ्नो चासो अनुसारको काम गर्ने स्वतन्त्रता हुनुपर्छ ।

३) कुराकानी गर्नुस, उनीहरुको कुरा सुन्नुहोस ।
परिवारमा के भइरहेको छ, सबैको कुरा सुन्नुहोस । अझै नेपाली परिवारमा हो भने, आमाको कुरा पनि सुन्नुस साथै श्रीमतीको कुरा पनि सुन्नुहोस । यदि तपाईं घर मुली हो भने सबैसंग बराबर कुराकानी गर्नुस र सबैको समस्या सुन्नुहोस । सबैको आवश्यक्तालाई ध्यान दिनुहोस । यदि तपाईं बुहारी हो भने बच्चा देखी सासु ससुरा सबैको कुरा सुन्नुहोस । कसैलाई धेरै प्राथमिकता दिने र कसैलाई कम नगरनुहोस ।

४) आफ्नो प्रेम र स्नेह व्यक्त गर्नुहोस ।
परिवारका सबै सदस्यले सबैको ख्याल राख्नुपर्छ ।परिवारमा कहिलेकाही प्रेम र वास्ताको कमी हुनसक्छ । वास्तवमा हामी आफ्नो परिवारलाई प्रेम नगर्ने होइन तर व्यस्तताको कारण ति व्यक्त गरिन्न । त्यसैले परिवारका सदस्यहरुलाई लाग्न सक्छ, कि मेरो बाबाले त मलाई प्रेम नै गर्नु हुन्न, मेरो वास्ता गर्नु हुन्न, मेरो आवश्यकता बुझ्नु हुन्न । यस्तो बेला तपाइले आफ्नो परिवार प्रतिको वास्ता व्यक्त गर्नु पर्दछ ।

५) पैसालाई भन्दा परिवारलाई प्राथमिकतामा राख्नुहोस ।
धेरै पल्ट हामीले काम काम वा पैसा पैसा भन्दा परिवारको आवश्यकता र उनीहरुको खुशीलाई गुमाउन पुग्छौ । पैसा भनेको तपाईंको पहिलो आवश्यकता हुनुहुदैन । हुन त वास्तवमा अर्थ वा पैसाको महत्व धरै हुन्छ तर त्यो भन्दा महत्व परिवार नै हुनुपर्छ । परिवार आर्थिक तवरले मात्र चल्दैन परिवारमा भावनात्मक सम्बन्ध पनि बलियो हुनु पर्दछ ।

६) परिवारका रुचिहरुलाई ध्यान दिनुहोस ।
सबैको रुचि समान हुन्छ भन्ने छैन । हरेकको आआफ्नै रुचि र इच्छाहरु हुन्छन । परिवारमा सबैलाई खेलकुद मन पर्छ भन्ने छैन अथवा सबैलाई सिरियल नै मन पर्छ भन्ने छैन । अनि सबैलाई तितेकरेला मन पर्छ भन्ने छैन । सबैको रोजाइ, रुचि र बानीहरु फरक हुन्छन । परिवारको रुचिका लागि तपाईंले आफ्नो रुचि र रोजाइमा सम्झौता गर्नु पर्छ तब मात्र सबै जना खुशी हुन सक्छन । एक अर्काको बानी, रुचि, आवश्यक्ताको कदर गर्नुहोस ।

७) उमेर अनुसारको व्यवहार गर्नुहोस ।
साना उमेरका परिवार सदस्यलाई खेल्ने खेलौना, घुम्न जाने वा मनोरञ्जनका वातावरण साथै पढाइ लेखाइको समयको व्यवस्था लगायत अध्ययन अध्यापनमा आवश्यक सम्पुर्ण सामाग्रीहरु पुर्याइदिने । साथै बृद्ध उमेर समुहका सदस्यलाई त्यही अनुसारको वास्ता र ब्यवहार गर्ने । अझ बृद्ध सदस्य हुनुहुन्छ भने उहाँहरुको कुरा सुनिदिने । उहाँहरुलाई आवश्यक सम्पुर्ण सुविधामा ध्यान दिने ।

८)  कहिलेकाही चकित पार्ने उपहारहरु दिनुहोस ।
सर्प्राइज सबैलाई मन पर्छ । कहिलेकाही परिवारका सदस्यहरुको जन्म दिन, यनिभर्सरी जस्ता विशेष दिनहरुमा उनीहरुलाई चकित पार्ने उपहारहरु दिनुहोस । यसले तपाईंले त्यस विशेष दिनको लागि गर्नु भएको वास्ताले एक प्रकारको आत्मीयताको अनुभव हुन्छ ।

९) सदस्य विच समझदारी जग बसाल्नुहोस् ।
परिवारलाई मजबुत बनाउने एउटा जग समझदारी पनि हो । घरका सदस्यबीच समझदारी हुनुपर्छ । परिवारमा त र म भन्दा पनि हामी र हाम्रो भन्ने भावना हुनु जरुरी छ । विचार सबैको एउटै कहाँ हुन्छ र ? सामान्य झैभगडा त परिवारभित्र भइहाल्छ ! तर, त्यसैलाई ठूलो विषय बनाउनु हुँदैन ।

भनिन्छ सुखी र खुसी परिवारले तपाईंको सफलतालाई निर्धारण गर्छ । यदि तपाईं आफ्नो जीवनमा सफलता पाउन चाहनु हुन्छ भने स्वस्थ र खुसी परिवार बनाउनमा ध्यान दिनु आवश्यक छ । त्यस्तै निरन्तर आफ्नो परिवारको स्वास्थ, परिवारको सुख समृद्धिको लागि इश्वरसंग प्रार्थना गर्ने गर्नुहोस ।

www.goodnews24.com

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”4080″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3790″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button