Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दियो आदेश, कस्ले लगाउँदैछन् रिट ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध परेको युद्ध अपराधसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बाल सैनिक लेनिन विष्टले सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै न्याय पाऊँ भनी रिट निवेदन दिएका थिए । तर सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै विष्टको रिट दरपीठ गरेको थियो।

तशर्थ दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button