मुख्य समाचारसमाचार

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति ‘रामचन्द्र पौडेल’

Gobal IME Bank

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनुभएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल ३३ हजार ८०२ मतभारसहित निर्वाचित हुनुभएको हो ।

बिहीबार संघीय संसदमा राष्ट्रपतिको निर्वाचन भएको थियो । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभएको हो । पौडेलका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले जम्मा १५५१८ मतभार प्राप्त गर्नुभएको थियो ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button