समाचार

गाँजासहित पक्राउ – GoodNews24

Gobal IME Bank

काठमाडौँ ।  काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ का २३ वर्षीय रञ्जन विष्ट, कीर्तिपुर नगरपालिका–७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एक जना रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई यसरी लागुऔषधसहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

 

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button